Skip to main content

Posts

Showing posts from May, 2026

🔥 हेटौडाको भरोसायोग्य Electronics Store | New Hello Buspark

 📍 New Hello Buspark Mobile Shop – हेटौडा बसपार्क 🏠 अब Home Appliances तथा Electronics किन्न धेरै पसल धाउनुपर्ने झन्झट समाप्त! हेटौडाको New Hello Buspark Mobile Shop मा मोबाइलदेखि TV, Fridge, Washing Machine, AC लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामान एकै ठाउँमा उपलब्ध छ। 📱 मोबाइल ब्राण्डहरू: Samsung, iPhone, OnePlus, Oppo, Vivo, Realme, Redmi लगायत सम्पूर्ण लोकप्रिय ब्राण्डहरू उपलब्ध। 📺 Home Appliances: TV, Fridge, AC, Washing Machine, Cooler, Fan, Watch, Radio लगायतका सामानहरू विश्व प्रसिद्ध ब्राण्डहरूमा उपलब्ध। ✨ Samsung, LG, Himstar लगायत विश्व प्रख्यात ब्राण्डका सामानहरू एउटै छानामुनि। ✔️ गुणस्तरीय सामान ✔️ उचित मूल्य ✔️ सजिलो सेवा 📍 स्थान: हेटौडा बसपार्क 📞 सम्पर्क: 9855073077 #NewHelloBuspark #Hetauda #MobileShop #ElectronicsShop #HomeAppliances #Samsung #iPhone #LG #OnePlus

१० दिनदेखि ठप्प राष्ट्रिय परिचयपत्रको सेवा सुरु | national ID card

काठमाडौँ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा आएको समस्या समाधान भएसँगै १० दिनदेखि ठप्प रहेको सेवा पुनः सुरु भएको छ । गत वैशाख २१ गतेदेखि सर्भरमा खराबी आउँदा रोकिएको नयाँ परिचयपत्र दर्ता र नम्बर प्रमाणीकरणको कार्य आजदेखि नियमित भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । विभागका अनुसार प्रणालीमा सुधार आएसँगै नयाँ इनरोलमेन्ट गर्ने र राष्ट्रिय परिचय नम्बरलाई प्रणालीले 'भ्यालिडेट' गर्ने काम सुरु भएको हो । प्रणाली अवरुद्ध हुँदा देशभरका हजारौँ सेवाग्राही मर्कामा परेका थिए । विशेषगरी राष्ट्रिय परिचयपत्र नम्बर स्वीकृत नहुँदा राहदानी बनाउने प्रक्रिया प्रभावित भएको थियो । साथै सामाजिक सुरक्षा भत्ता नवीकरण, व्यक्तिगत विवरण सच्याउने कार्य र जन्म दर्ताका क्रममा प्राप्त हुने परिचय नम्बर जेनेरेट गर्ने कार्य समेत प्रभावित बनेको थियो ।